गृहपृष्ठ जिल्ला प्रहरी कार्यालयमा विद्युतीय नागरिक बडापत्र

जिल्ला प्रहरी कार्यालयमा विद्युतीय नागरिक बडापत्र

nepal police_newskarobar

जिल्ला प्रहरी कार्यालय कैलालीमा आइतबारदेखि विद्युतीय नागरिक बडापत्र सञ्चालनमा ल्याइएको छ । बडापत्रमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादन हुने काम र काम गराउँदा शुल्क लाग्ने वा नलाग्ने, गुनासो सुन्ने अधिकारी, कार्यसम्पादन गरिसक्नुपर्ने समयसीमालगायत सूचना राखिएका छन् ।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले विद्युतीय नागरिक बडापत्रको उद्घाटन गर्दै कुनै कुरा बुझ्नका लागि नागरिकले फाँटफाँटमा गएर सोध्नुपर्ने बाध्यता अन्त्य भएको बताए । ‘सूचनाको हक नागरिकको मौलिक हक हो,’ प्रमुख वडले भने, ‘हरेक नागरिकले जिल्ला प्रहरी कार्यालयबाट सम्पादन हुने कामबारे विद्युतीय नागरिक बडापत्रबाट थाहा पाउनेछन् ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले विद्युतीय नागरिक बडापत्र सुचारु भएसँगै यसले प्रहरी कार्यालयका कामलाई खुला र पारदर्शी बनाउनेमा विश्वास व्यक्त गरे । (रासस)

प्रकाशित समय १४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु