गृहपृष्ठ तत्काल सरकार परिवर्तन हुने हल्ला निराधार : मन्त्री बाँस्कोटा

तत्काल सरकार परिवर्तन हुने हल्ला निराधार : मन्त्री बाँस्कोटा

gokul baskota फाइल तस्बिर ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन हुने हल्ला निराधार भएको बताएका छन् ।

सिन्धुलीमाढीमा प्रेस संगठन नेपालले आइतबार गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले हल्लाको पछि नलाग्न आग्रह गरे । बाँस्कोटाले आगामी आर्थिक वर्षका लागि आएको बजेटले नेपालीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने बताए ।

वाम चुनावी घोषणापत्रलाई आधार बनाएर अल्पकालीन र दीर्घकालीन विकासका अवधारणा अघि सारिएको बास्कोटाको भनाइ छ । शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा नीति र कार्यक्रम अघि सारी अब जीवनस्तर गुणात्मक सुधार गर्न बजेटले सम्बोधन गरेको बाँस्कोटाको दावी छ ।

सरकारले मिडिया काउन्सिल विधेयक पत्रकारको हितका लागि ल्याएको र त्यसले पत्रकारको पारिश्रमिक सुनिश्चित गर्ने र अराजकता नियन्त्रण गर्ने उनको भनाइ छ ।

प्रकाशित समय १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु