गृहपृष्ठ पातका टपरीको प्रयोग घट्दो

पातका टपरीको प्रयोग घट्दो

‘टपरीको प्रयोग धार्मिक अनुष्ठानमा कायम भए पनि भोजमा हटिसक्यो,’ पात व्यापारी सानु भुजेलले भनिन् । लामो समयदेखि टपरी बनाउने पातको व्यापार गर्दै आएकी भुजेलले कागज र प्लास्टिकको सामानको प्रयोग बढ्न थालेपछि आफूहरूको व्यवसाय चौपट भएको जनाइन् । राजधानीमा टपरीको माग पूरा गर्न काठमाडौँ उपत्यका आसपासका पहाडी जिल्लाका अतिरिक्त तराईका विभिन्न स्थानबाट आयात गरिन्छ । प्रतिमुठा १५ देखि २५ रुपैयाँ तथा भोजभतेरमा प्रयोग हुने पातको प्लेट सयको २५० रुपैयाँसम्ममा बिक्री हुने गरेको व्यवसायी बताउँछन् । यस्ता टपरीहरू विशेष गरी साल तथा मलहनको पातबाट बनाइने गरेको व्यवसायी अप्सरा थापा बताउँछिन् ।

प्रकाशित समय १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु