गृहपृष्ठ नेप्सेमा १३ अंकको गिरावट

नेप्सेमा १३ अंकको गिरावट

साताको पहिलो दिन आइतबार सेयरबजार परिसूचक नेप्से १३.७९ अंकले ओरालो लागेको छ ।

होटल र उत्पादन तथा प्रशोधन समूह बाहेक अन्य सम्पूर्ण समूहको कारोबार ओरालो लागेर समग्र नेप्से परिसूचक १३ सय ५.६८ अंकमा बन्द भएको हो । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा पनि ३ दशमलव ०३ अंकले घटेर २ सय ७८ दशमलव १२ अंकमा सीमित भएको छ ।

आइतबार १ सय ६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता सेयर ९ हजार ८ सय ३ पटक कारोबार भएको छ । आज ७५ करोड ३२ लाख ५७ हजार २ सय ९ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

प्रकाशित समय १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु