गृहपृष्ठ न्यायाधीश उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर

न्यायाधीश उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर

तत्कालीन तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायमाथि विषेश अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

न्यायपरिषदले उपाध्यायको शैक्षिक प्रमाणपत्र नक्कली रहेको र न्यायसम्पादनमा कैफियत देखिएको भन्दै मुद्दा दर्ता गरेको हो । छानबिन चलिरहेकै बेला न्यायाधीश उपाध्यायले २ जेठमा राजीनामा दिएका थिए । उनलाई कारबाहीस्वरूप न्यायपरिषद् तानिएको थियो ।

विशेष अदालतमा न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो नेपालको इतिहासमै पहिलो पटक हो ।

प्रकाशित समय १८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु