गृहपृष्ठ कार र मोटरसाईकल ठोक्किँदा १ जनाको मृत्यु
कार र मोटरसाईकल ठोक्किँदा १ जनाको मृत्यु
काठमाण्डौँको माइतीघरमा कार र मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
बा १७ च ४३८४ नम्बरको कारमा शुक्रबार राति बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक काठमाण्डौँ नयाँ वानेश्वरका २३ वर्षीय आयुषराज पाण्डेको मृत्यु भएको हो । घाइते भएका पाण्डेको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार तेह्रथुमका २२ वर्षीय सन्तोष भण्डारी घाइते छन् । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय ०८:५६ बजे

















