गृहपृष्ठ प्रधानमन्त्री ओलीको युरोप भ्रमण आजदेखि
प्रधानमन्त्री ओलीको युरोप भ्रमण आजदेखि
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओली युरोपको ९ दिने औपचारिक भ्रमणका लागि आज साँझ जेनेभा प्रस्थान गर्दैछन् ।
संयुक्त राष्ट्र संघका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय भ्रमण हो । प्रधानमन्त्री ओली साँझ ७ बजे युरोप प्रस्थान गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमण गर्नेछन् ।
अन्तर्राष्ट्रिय श्रम संगठनको शतवार्षिकीलाई ओलीले जेठ २७ गते जेनेभामा सम्बोधन गर्ने कार्यक्रम छ । जेठ २७ गते नै प्रधानमन्त्री ओली बेलायत पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको बेलायत भ्रमण तीन दिनको हुनेछ । २८ मा बेलायती समकक्षी टेरिजा मेसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गर्ने कार्यक्रम छ ।
जेठ २९, ३० र ३१ गते फ्रान्सको भ्रमणका क्रममा प्रधानमन्त्री स्वदेश फर्कने बताइएको छ । प्रधानमन्त्रीको भ्रमण दल २४ जनाको हुने बताइएको छ ।
प्रकाशित समय ०९:३० बजे

















