गृहपृष्ठ बाँकेमा एक पुरुषद्वारा श्रीमतीमाथि बन्चरो प्रहार
बाँकेमा एक पुरुषद्वारा श्रीमतीमाथि बन्चरो प्रहार
बाँकेको मानपुरमा ५९ वर्षका पञ्चराम हरिजनले श्रीमती कप्तारामाथि बन्चरो प्रहार गरेका छन् । श्रीमतीले आँखामा खुर्सानीको धुलो हालिदिएको भन्दै पञ्चरामले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।
बन्चरो प्रहारबाट कप्तारा गम्भीर घाइते भएकी छन् । उनको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको छ । पञ्चरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्चराम र उनकी श्रीमतीबीच १५–१६ दिनदेखि झगडा भइरहेको बुझिएको छ । पञ्चरामले श्रीमतीलाई मारेर सिधै प्रहरीकहाँ जाने धम्की दिने गरेको छिमेकीले बताएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रकाशित समय १७:४३ बजे

















