गृहपृष्ठ ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु, १४ घाइते
ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु, १४ घाइते
सांकेतिक तस्बिर ।
बर्दियाको गुलरिया–९, डिब्बामा भएको ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ । भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे. १ त ५७५२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा गुलरिया–८ का ९ वर्षीय समुन लोधको शनिबार मृत्यु भएको हो ।
दुर्घटनामा १४ घाइते भएको गुलरिया प्रहरीले जनाएको छ । घाइतेमध्ये गुलरिया–८ कै १५ वर्षीया नीलम लोध र ९ वर्षीया सुमनकुमारी लोधको अवस्था गम्भीर छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुवैलाई नेपालगन्ज सिफारिस गरिएको प्रहरीले जनाएको छ ।
हरेक वर्ष जेठमा लाग्ने लक्कडबाबा मेला हेर्न बर्दियाबाट ठूलो संख्यामा नेपालीहरू जाने गर्छन् ।
प्रकाशित समय ०७:२८ बजे

















