गृहपृष्ठ चलचित्र कलाकार संघमा रवीन्द्र खड्का
चलचित्र कलाकार संघमा रवीन्द्र खड्का
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा २१८ मत प्राप्त गर्दै खड्का विजयी भएका हुन् ।
खड्काका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरिन् । संघको उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार तथा महासचिवमा चेतबहादुर सिंह निर्वाचित भए । सचिवमा पनाह अधिकारी र सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएको कलाकार संघले जनाएको छ ।
कोषाध्यक्षमा सुनिल कटवाल निर्विरोध निर्वाचित भएका थिए । संघको १७औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।
प्रकाशित समय ०७:३६ बजे

















