गृहपृष्ठ सरुवा गरिएको ठाउँमा जान नमान्ने प्रशासकीय अधिकृतलाई कारबाही
सरुवा गरिएको ठाउँमा जान नमान्ने प्रशासकीय अधिकृतलाई कारबाही
सरुवा गरेको नगरपालिकामा जान नमान्ने गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कारबाहीमा परेका छन् । सरकारको निर्देशन नमान्ने प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निलम्बन गरेको हो ।
जेठ १ गते शैल्य शिखर नगरपालिका दार्चुला सरुवा भएका कार्कीले त्यहाँ जान अटेरी गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्कीको सरुवा गरी सरोजकुमार लाल दासलाई जेठ १७ गते गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेको थियो ।
मन्त्रालयले खटाएको कार्यालयमा तीन दिनभित्र हाजिर हुन लिखित तथा मौखिक निर्देशन दिँदासमेत कार्कीले अटेरी गरेपछि निजामती सेवा ऐन, २०४९ को दफा ६४ (१) बमोजिम दुई महिनाका लागि कार्कीलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १०:४२ बजे

















