गृहपृष्ठ कञ्चनपुरको भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट
कञ्चनपुरको भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट
नगर विकास कोषले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ । उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको छ ।
नगरपालिकालाई कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गरिनेछ । नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीको साथ र सहयोगबाट पुरस्कार पाउने अवस्थासम्म पुगिएको बताए ।
प्रकाशित समय ०६:४५ बजे

















