गृहपृष्ठ फेवाताल मिचेर बनाइएका संरचना हटाउने सर्वोच्चको फैसलाविपरित उच्चको अन्तरिम आदेश
फेवाताल मिचेर बनाइएका संरचना हटाउने सर्वोच्चको फैसलाविपरित उच्चको अन्तरिम आदेश
फाइल तस्बिर
फेवाताल मिचेर बनाइएका संरचना भत्काउ सर्वोच्च अदालतको फैसलाविपरित उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ ।
मुआब्जा नदिई भत्काउन नपाउने संविधान र सर्वोच्चको नजिर रहेको भन्दै विष्णु दाहालसहित २२ जनाले बिहीबार दायर गरेको मुद्दामा उच्च अदालतले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नर्गन अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले सिमांकन गरी अवैधानिक संरचना भत्काउन दिएको समयसीमा सकिन लाग्दा उच्चको यस्तो आदेश आएको हो । सर्वोच्चले असार ४ गतेको अवधि तोकेको थियो । पोखरा महानगरले जेठ ९ गते १५ दिको समयसीमाभित्र संरचना भत्काउन अटेर गरे आफैं भत्काइदिने चेतावनीसहितको सूचना निकालेको थियो ।
अब फेवातालको मापदण्ड मिचेर बनाइएका संरचना हटाउने विषयमा थप जटिलता देखिएको छ ।
प्रकाशित समय १९:५० बजे

















