गृहपृष्ठ विश्वकप क्रिकेट : अष्ट्रेलियालाई भारतको विशाल चुनौती

विश्वकप क्रिकेट : अष्ट्रेलियालाई भारतको विशाल चुनौती

एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियासामु ३ सय ५३ रनको विशाल चुनौती पेश गरेको छ ।

लण्डनस्थित ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५२ रन बनाएको हो । भारतका लागि ओपनर शिखर धनवले शतकीय पारी खेले । उनले १ सय ९ बलमा १६ चौकासहित १ सय १७ रनको महत्वपूर्ण योगदान गरे । अर्का ओपनर रोहित शर्माले ५७ रन बनाए । कप्तान विराट कोहलीले पनि महत्वपूर्ण पारी खेले । उनले ७७ बलमा ४ चौका र २ छक्काको मद्दतमा ८२ रन जोडे ।

हार्दिक पाण्डेले विस्फोटक ब्याटिङ गर्दै २७ बलमा ४८ रन जोड्दै पेभेलियन फर्किए । महेन्द्रसिंह धोनीले १४ बलमा २७ रन बनाए । केएल राहुलले ३ बलमा ११ रन जोड्दै अविजित रहे ।

बलिङतर्फ अष्ट्रेलियाका मार्कस स्टोइनिसले सर्वाधिक २ विकेट लिए । प्याट कमिन्स, नाथन कुल्टर नाईल र मिचेल स्टार्कले समान १–१ विकेट लिए ।

प्रकाशित समय १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु