गृहपृष्ठ लागुऔषधसहित युवक पक्राउ
लागुऔषधसहित युवक पक्राउ
कोरेक्स नामक लागुऔषधसहित एक युवक पर्सास्थित सीमानाकाबाट पक्राउ परेका छन् ।
फ्रुटीको प्याकेटमा कोरेक्स नामक लागुऔषध भित्र्याउने मकवानपुर हेटौंडा उपमहानगरपालिका– १ का २६ वर्षीय सुशील अर्याल पक्राउ परेका हुन् । उनले भारतीको रक्सौलबाट फ्रुटीको ८ प्याकेटमा कारेक्स ल्याएको पर्सा प्रहरीले जनाएको छ । तराइका जिल्लाहरूमा लागुऔषध सेवनकर्ता उल्लेख्य छन् ।
प्रहरीलाई छलेर भारतबाट लागुऔषध भित्र्याउन अर्यालले नयाँ तरिका अपनाएका थिए ।
प्रकाशित समय ०७:०९ बजे

















