गृहपृष्ठ विश्वकप क्रिकेट : भारतले अष्ट्रेलियालाई हरायो
विश्वकप क्रिकेट : भारतले अष्ट्रेलियालाई हरायो
एकदिवसीय विश्वकपअन्तर्गत आइतबार भएको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ ।
भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको हो । ३ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्कारित ५० ओभरमा हुँदै ३ सय १६ रनमा समेटियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ६९ रनको योगदान गरे । कप्तान आरोन फिन्चलाई ३६ पेभेलियन फर्किए ।
डेविड वार्नर ५६ रनमा क्याच आउट भए । उस्मान खवाजाले ४२ रन जोडे । मार्कस स्टोइनिस शून्य, ग्लेन म्याक्सवेल २८, नाथन कुल्टर नाईल ४ र प्याट कम्मिन्स ८ रनमा आउट भए । विकेटकीपर एलेक्स केरि ५५ रनमा अविजित रहेपनि टोलीको हार टार्न असमर्थ रहे ।
भारतका लागि जसप्रित बुमराह र भुवनेश्वर कुमारले समान ३ विकेट लिए । युजभेन्द्र चाहलको नाममा २ विकेट रह्यो ।
यसअघि, लण्डनस्थित ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धा्रित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५२ रन बनाएको हो । भारतका लागि ओपनर शिखर धनवले शतकीय पारी खेले । उनले १ सय ९ बलमा १६ चौकासहित १ सय १७ रनको महत्वपूर्ण योगदान गरे ।
अर्का ओपनर रोहित शर्माले ५७ रन बनाए । कप्तान विराट कोहलीले पनि महत्वपूर्ण पारी खेले । उनले ७७ बलमा ४ चौका र २ छक्काको मद्दतमा ८२ रन जोडे । हार्दिक पाण्डेले विस्फोटक ब्याटिङ गर्दै २७ बलमा ४८ रन जोड्दै पेभेलियन फर्किए । महेन्द्रसिंह धोनीले १४ बलमा २७ रन बनाए । केएल राहुलले ३ बलमा ११ रन जोड्दै अविजित रहे ।
बलिङतर्फ अष्ट्रेलियाका मार्कस स्टोइनिसले सर्वाधिक २ विकेट लिए । प्याट कमिन्स, नाथन कुल्टर नाईल र मिचेल स्टार्कले समान १–१ विकेट लिए ।
प्रकाशित समय ०७:३३ बजे

















