गृहपृष्ठ मेलम्चीपछिको दोस्रो ठूलो खानेपानी आयोजनाको निर्माण थालियो

मेलम्चीपछिको दोस्रो ठूलो खानेपानी आयोजनाको निर्माण थालियो

सरकारको ऋण लगानी र जापान सरकारको अनुदान सहयोगमा पोखरामा देशकै दोस्रो ठूलो खानेपानी आयोजनाको निर्माण थालिएको छ ।

पोखराबाट १२ किमीको दूरीमा रहेको मर्दी खोलाको मुहानबाट ल्याइएको पानी प्रशोधन गरी शुद्धीकरण गरेर पिउन योग्य बनाउने लक्ष्य राखिएको आयोजनाको निर्माण सुरु भएको हो । आयोजना मेलम्चीपछिको दोस्रो ठूलोका रुपमा लिइएको छ । सो खानेपानी संस्थानअन्तर्गत सञ्चालन हुने बताइएको छ ।

पानी प्रशोधन केन्द्र निर्माण तथा २ हजार घनमिटर क्षमताका ३ वटा ट्याङकी निर्माण गरी नगरका विभिन्न क्षेत्रमा पाइप लाइनमार्फत विस्तार गर्ने योजना रहेको छ । आयोजनाको पोखरा महानगरपालिका–१९ पुरुनचौरमा मंगलबार खानेपानीमन्त्री बिना मगरले शिलान्यास गरिन् ।

जापान सरकारको ४ अर्ब ८१ करोड ३० लाख अनुदान सहयोगमा सन् २०१७ को फेब्रुअरी १५ मा सो आयोजनाको सम्झौता भएको थियो । सन् २०२२ को अन्त्यसम्ममा निर्माण गरिसक्ने गरी खानेपानी सुधार आयोजना अघि बढाइको हो । हाल अप्रशोधित पानी वितरण हुँदै आएकोमा आयोजना निर्माण सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा २४ सै घण्टा गुणस्तरयुक्त प्रशोधित पानी वितरण हुने बताइएको छ ।

आयोजना निर्माणपछि महानगरको १ देखि १९ वडाका ४ लाख ५ हजार ८ सय ८९ जनसंख्या लाभान्वित हुने अपेक्षा राखिएको छ । कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले जापान सरकार नेपाल र नेपाली जनतालाई नजिकबाट सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित समय ०९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु