गृहपृष्ठ धरानमा डेंगु प्रभावितको संख्या ४ सय नाघ्यो
धरानमा डेंगु प्रभावितको संख्या ४ सय नाघ्यो
मोरङमा पनि संक्रमण फैलिँदै
धरानमा डेंगुको संक्रमण बढ्दै गएको छ । वैशाख २९ गतेदेखि देखिएको डेंगुको संक्रमण बढ्दै गएको हो ।
मंगलबारसम्म डेंगु संक्रमितको संख्या करिब ४ सय पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । सोमबारसम्म ३६८ जनामा संक्रमण देखिएको थियो ।
डेंगु नियन्त्रणमा लिन चिकित्सकले धरानलाई महामारी क्षेत्र घोषणा गरी अघि बढ्नसुझाव दिएका छन् । दिनमा ५० जनासम्म नयाँ बिरामी अस्पताल पुग्ने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले तीन कर्मचारी २४ सै घण्टा कार्यस्थलमा खटाएको छ ।
इटहरीमा पनि ४ जनामा डेंगु देखिएको छ । विराटनगर महानगरपालिकाभित्र २ जनालाई डेंगुको संक्रमण मा पनि डेंगुको संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका भित्रका २ जनामा डेंगुको संक्रमण देखिएको छ ।
डेंगु संक्रमितको नोबेल र विराट नर्सिङ होममा उपचार जारी छ । मोरङका बेलबारी, पथरी, रंगेली र सुन्दरहरैचाहामा पनि डेंगुका बिरामी भेटिएका छन् । विराटनगर महानगरले डेंगु नियन्त्रणका लागि ‘मालाथिन फगी स्प्रे’ गर्न लागेको जनाएको छ ।
प्रकाशित समय १०:१६ बजे

















