गृहपृष्ठ साउदी राजामाथि मिसाइल आक्रमणको प्रयास
साउदी राजामाथि मिसाइल आक्रमणको प्रयास
साउदी अरबका राजा खामिक मुसहैतलाई लक्षित गरी मिसाइल आक्रमण भएको छ । यमनको विद्रोही समूह हौथीले साउदी राजा मुसहैतलाई लक्षित गरी आभा विमानस्थलमा मिसाइल आक्रमण गरेको हो ।
आक्रमणमा २६ जना घाइते भएका छन् । साउदी अरबको प्रेस एजेन्सीका अनुसार घाइते हुनेमा पुरुष धेरै छन् । घाइतेको नजिकका अस्पतालमा उपचार भइरहेको छ ।
रियादले दुईवटा सँगै जोडिएका ड्रोनबाट हौथी विद्रोहीले आक्रमण गरेको दाबी गरेको छ । तर, विद्रोही समूहले घटनाको जिम्मा लिएको छैन ।
प्रकाशित समय १८:२५ बजे

















