गृहपृष्ठ अफगानिस्तानका रक्षामन्त्रीका चालक र छोराको हत्या

अफगानिस्तानका रक्षामन्त्रीका चालक र छोराको हत्या

अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र छोराको हत्या भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका ५ वर्षीय छोराको शुक्रबार हत्या भएको हो ।

राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरुको हत्या भएको अधिकारीहरुले जनाएका छन् । देशका शान्ति स्थापनाका लागि प्रयास भइरहेका बेला दर्दनाक हिंसात्मक घटना पनि भइरहेका हुन् । घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन् । लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि धेरै प्रयास भइरहे पनि सफलता मिल्न सकेको छैन ।

प्रकाशित समय ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु