गृहपृष्ठ कारागारबाटै श्रीमतीलाई लागुऔषध धन्दाको कमान्ड
कारागारबाटै श्रीमतीलाई लागुऔषध धन्दाको कमान्ड
फाइल तस्बिर
पोखरामा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । पोखरा ९ घर भई हाल पोखरा १० बुद्धचोक बस्दै आएकी ३८ वर्षीया देवीकुमारी गुप्तालाई प्रहरीले लागुऔषधसहित पोखरा १० अमरसिंह चौरबाट पक्राउ गरेको हो ।
गुप्ताको साथबाट ९०० थान लागुऔषध बरामद गरिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । बुधबार दिउँसो करिब ३ः३० बजे गुप्ताले लिएको जेब्रा झोला तलासी गर्दा डाइजापाम ३०० थान, फेनेरागन ३०० थान र नर्फिन ३०० थान बरामद गरिएको उनले जनाए । उनका श्रीमान उदयकुमार गुप्ता लागुऔषध मुद्दामा कास्की कारागार रहेको प्रहरीले जनाएको छ ।
उदयले कारागारबाट फोन गरी लागुऔषध लिएर आउने व्यक्तिसँग सामान बुझी अन्यत्र पु-याउनु भनेपछि श्रीमती गुप्ता अमरसिंह चारमा गएको प्रहरीलाई दिएको बयानमा उल्लेख छ । पोखरामा ठूलो परिणाममा लागुऔषधको कारोबार हुने गरेको स्थानीयले बताउँदै आएका छन् ।
प्रकाशित समय १९:४४ बजे

















