गृहपृष्ठ वैदेशिक रोजगारीको आश्वासन दिएर मानव बेचबिखनमा संलग्न २ जना पक्राउ

वैदेशिक रोजगारीको आश्वासन दिएर मानव बेचबिखनमा संलग्न २ जना पक्राउ

pakrau-arrest-newskarobar

वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र संखुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार पक्राउ गरेको हो ।

ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले आकर्षक रोजगारीको प्रलोभन देखाई पाँच लाखदेखि आठ लाख रुपैयाँसम्म लिएर नयाँ दिल्ली, पाकिस्तान, लिबिया हुँदै दुबई र्पुयाएर पीडितको पासपोर्ट, नगद तथा राहदानी खोसेर बन्दक बनाउने कार्यमा संलग्न रहेकाले पक्राउ गरिएको जानकारी दिए । ’बन्धक बनाएका नागरिकलाई काममा लगाएर पारिश्रमिक नदिने गरेको अनुसन्धानमा खुलेको छ,’ उनले भने ।

पीडितलाई ब्युरोको टोली, लिबियामा शान्ति स्थापनार्थ रहेका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासी संगठनको संयुक्त पहलमा नेपाल फिर्ता गरिएको छ । पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरो प्रमुख कार्कीले बताए ।

पक्राउ परेका राई यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार कसुर अपराधमा थुनामा परेर रु १० लाख धरौटीमा रिहा भएको ब्युरोले जनाएको छ ।(रासस)

प्रकाशित समय १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु