गृहपृष्ठ तीन महिनादेखि शिक्षकविहीन विद्यालयमा तालाबन्दी
तीन महिनादेखि शिक्षकविहीन विद्यालयमा तालाबन्दी
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ मा रहेको शंकर आधारभूत विद्यालयमा चार वटा विषयको पठनपाठन ठप्प भएको छ । गएको चैतदेखि शिक्षक उपस्थित नहुँदा चार विषयको पठनपाठन नहुँदा विद्यार्थीले विद्यालय तालाबन्दी गरेका छन् ।
खार्पुनाथ गाउँपालिकाले खटाएको शिक्षक र स्थायी शिक्षकसमेत विद्यालयमा नियमित उपस्थित नभएपछि विद्यार्थीरअभिभावकले बिहीबार विद्यालय तालाबन्दी गरेको कक्षा ८ का विष्णुदेवी रावलले जानकारी दिइन् । छात्रा रावलका अनुसार नयाँ शैक्षिक शत्र सुरु भएको एक महीनापछि विद्यालयमा नैतिक, सामाजिक गणित, विज्ञान, विषयको पठनपाठन भएको छैन ।
विद्यालयका प्रधानाध्यापक बिर्खबहादुर छत्यालले भने विद्यालयमा गाउँपालिकाले शिक्षक खटाए पनि काजमा गएका कारण पठनपाठनमा केही समस्या आएको बताए ।(रासस)
प्रकाशित समय ०९:४१ बजे

















