गृहपृष्ठ आगलागीबाट सामाखुसीका ५ पसल जले, १५ लाख बराबरको क्षति
आगलागीबाट सामाखुसीका ५ पसल जले, १५ लाख बराबरको क्षति
सांकेतिक तस्बिर ।
काठमाडौंको टोखा नगरपालिका–४ सामाखुसीमा गएराति आगलागी हुँदा ५ वटा पसल जलेर नष्ट भएका छन् ।
सामाखुसी चोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् चुहावट भएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेका हुन् । राति ९ बजेदेखि सुरु भएको आगलागी सवा १० बजे मात्र नियन्त्रणमा आएको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, तीन दमकल र दुई पानी ट्यांकरको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट १५ लाख बराबरको क्षति भएको प्रहरीले बताइएको छ । विद्युत चुहिएर आगलागीइ भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।
प्रकाशित समय ०९:५४ बजे

















