गृहपृष्ठ हेटौंडामा बस दुर्घटना : एकको मृत्यु, २० घाइते
हेटौंडामा बस दुर्घटना : एकको मृत्यु, २० घाइते
चितवनको नारायणगढबाट वीरजन्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नम्बरको दिवा सेवाको यात्रुवाहक बस हेटौंडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौंडा–वीरगन्ज सडकको चुरेमा अनियन्त्रित भई सोमबार बिहान दुर्घटना भएको छ । उपचारका लागि हेटौंडा अस्पताल पु-याइएकी एक महिलाको मृत्यु भएको छ ।
मृतकको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका २० यात्रुको हेटौंडास्थित चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चारजनाको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रकाशित समय १०:४८ बजे

















