गृहपृष्ठ क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

Tribhuvan-university-newskarobar

नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले सोमबार त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ ।

आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य संघर्ष दाहालले जानकारी दिए । ‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन्,’ उनले भने, ‘हामीले पहिल्यैदेखि नै अनियमितता गरी प्रकाशन गरिएको नतिजा स्थगन गर्न माग गरेका थियौँ तर परीक्षा स्थगन नगरी अन्तर्वार्ता लिइरहेकाले तालाबन्दी गरेका हौँ ।’ गत जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेका क्रान्तिकारीका विद्यार्थीहरू जेठ ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनशन बसिरहेका छन् । (रासस)

प्रकाशित समय १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु