गृहपृष्ठ पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सम्पन्न
पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सम्पन्न
राष्ट्रिय गौरवका आयोजनामध्ये भारत–नेपाल पेट्रोलिय पाइपलाइन आयोजनाअन्तर्गत पाइप बिछ्याउने काम सकिएको छ ।
दक्षिण एसियाको पहिलो क्रसबोर्डरका रुपमा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत जमिनमुनि पाइप ओछ्याउने काम सम्पन्न भएको हो । अहिले हाइड्रो टेस्ट, पाइप बेल्डिङ गरेर जोडिएका पाइपको रेडियोग्राफी, पाइप जोडिएको बिन्दुमा एक्स–रे, स्क्यान प्लास्ट गरेर पाइपमा रहेका खिया हटाएर चिल्लो स्टिल बनाउने कार्य सुरु भएको छ ।
भारतको मोतीहारीदेखि अमलेखगन्जसम्म ७० दशमलव २ किलोमिटरमा पाइप बिछ्याउने काम सम्पन्न भएपछि त्यसको प्राविधिक जाँच गरेर निकट भविष्यमै सञ्चालनमा ल्याउने परियोजना कार्यालय सिमराले जनाएको छ । यो आयोजनामा भारत र नेपाल दुवै सरकारको लगानी छ । भारतको २ अर्ब र नेपालको ७५ करोड लगानी रहेको छ ।
प्रकाशित समय १५:५४ बजे

















