गृहपृष्ठ बझाङ जिप दुर्घटना : मृतकको संख्या १० पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार
बझाङ जिप दुर्घटना : मृतकको संख्या १० पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार
फाइल तस्बिर
बझाङमा सोमबार भएको जिप दुर्घटना ज्यान गुमाउनेको संख्या १० पुगेको छ । सदरमुकाम चैनपुरनजिकै डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से. १ ज १०७२ नम्बरको जिप मष्टा गाउँपालिकाको डौठीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै ज्यान गएको डीएसपी सूर्यबहादुर केसीले जानकारी दिए ।
दुर्घटनामा ५ जना घाइते भएक छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको केसीले बताए । अन्य २ जना घाइतेको जिल्ला अस्पताल सिमखेतका उपचार भइरहेको छ ।
दुर्घटनामा एकै गाँउका ७ जना र एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन् । क्षमताभन्दा बढी यात्रु र उकालो तथा साँघुरो बाटो भएकाले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । दुर्घटना भएको समयमा हावारूरी र वर्षाका कारण हेलिकप्टरसमेत जान नसक्दा उद्धारमा केही ढिलाइ भएको थियो ।
प्रकाशित समय ०७:३६ बजे

















