गृहपृष्ठ पाँचथरमा माइक्रोफाइनान्समा कार्यरत युवतीको हत्या
पाँचथरमा माइक्रोफाइनान्समा कार्यरत युवतीको हत्या
पाँचथरको हिलिहाङ गाँउपालिका–६, साविक भारपा– १ मा एक युवतीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।
हिलिहाङ–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्सको शाखामा कार्यरत इलामकी २० वर्षीया सुजाता तामाङको शव भेटिएको हो । सिते भन्ने स्थानको जंगलमा मंगलबार साँझ तामाङको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो ।
घटनाबारे जोरपोखरी र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय ०७:४५ बजे

















