गृहपृष्ठ विराटनगर महानगरको न्यायीक समितिमा ५७ मुद्दा

विराटनगर महानगरको न्यायीक समितिमा ५७ मुद्दा

विराटनगर महानगरपालिकाअन्तर्गतको न्यायीक समितिमा चालु आर्थिक वर्षको जेठसम्ममा ५७ मुद्दा दर्ता भएका छन् ।

गत साउन १६ गतेदेखि परेका ५७ मध्ये २४ मुद्दा फर्स्याैट भइसकेका छन् भने १७ वटा प्रक्रियामा र ८ वटा मुद्दा तामेलीमा रहेको विराटनगर महानगरकी उपप्रमुख तथा न्यायीक समिति संयोजक इन्दिरा कार्कीले जानकारी दिइन् ।

बढी घरजग्गा किचलो, मोही, अनाधिकृत घर–टहरा बाटोका मुद्दा छन् । यस्ता किचलोका १३ मध्ये ७ मुद्दा फर्स्याैट भैसकेको कार्कीले बताइन् । आफूहरुले न्यायाधीश नभई समन्वयकर्ताको भूमिका निर्वाह गरेर मुद्दाको छिनोफानो गर्ने गरेको उनको भनाइ छ । महिला हिंसाका ७ मुद्दा पनि फर्स्याैट भइसकेको छ ।

नयाँ मुलुकी संहिता आइसकेपछि पनि सम्बन्ध विच्छेदका मुद्दा नपरेको महानगरले जनाएको छ । उपप्रमुखको संयोजनमा विनोद बस्नेत र तीर्थेन्द्र न्यौपाने सम्मिलित तीन सदस्यीय न्यायिक समितिले काम गरिरहेको छ ।

प्रकाशित समय ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु