गृहपृष्ठ कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु

कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु

dubera-newskarobar सांकेतिक तस्बिर ।

कपिलवस्तुको सुरही नदीमा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ ।

पश्चिमी क्षेत्रको शिवराज नगरपालिका २ हल्लानगर नजिकैको सुरही खोलामा पौडी खेल्न गएका विजयनगर गाउँपालिका– ६ का ३ युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा आशिक भट्टराई, निराजन भुषाल र सुमित सुनारको रहेको प्रहरीले जनाएको छ ।

गर्मी छल्न गएका युवाहरू पौडी खेल्न नजानेको कारण नदीमा डुबेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु