गृहपृष्ठ नेपालमा मनसुन प्रवेशः औसतभन्दा कम वर्षा हुने
नेपालमा मनसुन प्रवेशः औसतभन्दा कम वर्षा हुने
औसतभन्दा कम वर्षा हुने
आज बिहीबारबाट देशको पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको छ । पूर्वी भागबाट प्रवेश गरेको मनसुन क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको छ र केही दिनभित्रै नेपालभर फैलिने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ। यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो शुरू भएको छ।नेपालमा साधारणतया: जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०% वर्षा हुने गर्दछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सास्कोफ- फोर्टिनमा आँकलन गरिए अनुसार यस वर्षको मनसुनी वर्षा नेपालको प्रदेश १ , प्रदेश २ , प्रदेश ३ र प्रदेश ५ को केही पश्चिमी भू-भागहरुमा औसतभन्दा कम वर्षा हुने अनुमान गरिएको छ भने बाकी प्रदेशहरु गण्डकी, कर्णाली र सुदुर पश्चिममा औसत वर्षा हुने अनुमान छ ।
स्मरणीय छ, सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमश: न्युन वा अधिक वर्षा भएको मनिन्छ।
प्रकाशित समय १४:१८ बजे

















