गृहपृष्ठ लुटेराको समूहले गरे महोत्तरीमा युवतीको हत्या

लुटेराको समूहले गरे महोत्तरीमा युवतीको हत्या

death-newskarobar

गौशाला नगरपालिका–१० भरतपुरमा बिहीबार राति लुटेराको समूहले एक युवतीको विभत्स हत्या गरेका छन् ।

महोत्तरीको गौशाला नपा– १० भरतपुर बस्ने विष्णुकुमार श्रेष्ठको घरमा पसी गए राति अन्दाजी एक बजेतिर ८–१० जनाको अज्ञात हतियारधारी समूहले चोरी गर्न लागेका थिए । सोही अवस्थामा घरधनी श्रेष्ठकी छोरी २७ वर्षीया अञ्जुकुमारी श्रेष्ठले टोल छिमेकलाई होहल्ला गरी गुहार माग्न थालेपछि चोरहरुले उनको हत्या गरेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

लुटेराको समूहले श्रेष्ठको शरीरभरि धारिलो छुरा प्रहार गरी गम्भीर घाइते बनाई भागेपछि उनलाई राति २ बजेतिर प्रहरी चौकी कान्तिबजारबाट प्रहरी नायब निरीक्षक बलबहादुर माझीको नेतृत्वमा खटिएको प्रहरी टोली र परिवारजनले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशाला लगेको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा आज बिहान पौने ५ बजेतिर उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । प्रहरीले घटनालगत्तै सो क्षेत्रमा लुटेरा तथा चोरको खोजतलासलाई तीब्रता दिएको जनाएको छ । (रासस)

प्रकाशित समय ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु