गृहपृष्ठ रसुवागढीको सुरुङमा थुनिएका सबै मजदुरको सकुशल उद्धार
रसुवागढीको सुरुङमा थुनिएका सबै मजदुरको सकुशल उद्धार
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका १७ जना मजदुरको सकुशल उद्धार गरिएको छ ।
सुख्खा पहिरोले बिहीबार राति सुरुङको मुख थुनिएपछि भित्रै फसेका ११ जना नेपालीसहित ६ जना चिनियाँ मजदुरलाई सकुशल बाहिर निकालिएको हो । पहिरो गएलगत्तै निर्माणधीन आयोजनको सुरुङको प्रवेशद्वार खोल्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियो । सबै १७ जना मजदुरको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मजदुरको स्वास्थ्य जाँच गर्न आयोजनास्थलमा डाक्टरको टोली पुगेको छ । गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानी क्षेत्रबाट झण्डै सय मिटर माथि यो आयोजना बनिरहेको छ ।
प्रकाशित समय ०८:२८ बजे

















