गृहपृष्ठ इटहरीका मेयरको अभिव्यक्तिप्रति विभिन्न संगठनद्वारा आपत्ति

इटहरीका मेयरको अभिव्यक्तिप्रति विभिन्न संगठनद्वारा आपत्ति

itahari mayor newskarobar

विभिन्न गतिविधिका कारण पटक–पटक विवादमा पर्दै आएका सुनसरीको इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीको पछिल्लो अभिव्यक्तिप्रति विभिन्न संघ संगठनहरुले आपत्ति जनाएका छन् । महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले शुक्रबार विज्ञप्ति जारी गरी नगर प्रमुख चौधरीले प्रयोग गरेको शब्द आपत्तिजनक रहेको बताएको छ ।

सञ्जालले लोकतान्त्रिक शासन व्यवस्थाका शासकले क्रमशः एकपछि अर्को गर्दै महिलाप्रति विभेद तथा हिंसा गर्ने सोचलाई निरन्तरता दिइरहेको गुनासो गर्दै नगर प्रमुख चौधरीले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति यही सिलसिलाको पछिल्लो कडी भएको जनाएको छ ।

अध्यक्ष डा. रेणु अधिकारीले जारी गरेको विज्ञप्तिमा ‘मेयरले अभिव्यक्त गरेका शब्दहरु आपत्तिजनक छन, अपमानपूर्ण छन् । उनको सो अभिव्यक्तिले महिलाको आत्मसम्मान तथा स्वाभिमानमाथि प्रहार गरेको हाम्रो ठहर छ । उनले प्रयोग गरेको भाषा तथा शब्द कानुनी रुपमा समेत बर्जित शब्द हुन् । त्यस्ता शब्द प्रयोग गर्नेहरुलाई अविलम्ब कानुनी कारवाही गरिनुपर्छ’ उल्लेख छ ।

चौधरीले सार्वजनिक कार्यक्रममा महिलाको नाम लिँदै आपत्तिजनक शब्द प्रयोग गरेका थिए । इटहरीका एक ‘पत्रकारको नाकको डाँडी भाँच्न एक करोड छुट्याएको छु’ भन्दै विवादमा तानिएका उनी महिना दिन नबित्दै फेरि अर्को विवादमा मुछिएका छन् । उनले असार ५ गते सार्वजनिक कार्यक्रममा महिलाको अस्मिता र आत्मसम्मानमा प्रहार गर्नेगरी अभिव्यक्ति दिएका थिए ।

प्रकाशित समय २२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु