गृहपृष्ठ नारायणगढ–मुग्लिन सडकमा दुई बस जुध्दा २० घाइते
नारायणगढ–मुग्लिन सडकमा दुई बस जुध्दा २० घाइते
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा शनिबार दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।
काठमाडौंबाट बर्दियाको गुलरियातर्फ जाँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठोक्किएको हो । घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित समय ०८:०९ बजे

















