गृहपृष्ठ प्रदर्शन चर्किएपछि जर्जियाका सभामुखले दिए राजीनामा
प्रदर्शन चर्किएपछि जर्जियाका सभामुखले दिए राजीनामा
जर्जियामा आन्दोलन चर्किएपछि सभामुख इराक्ली खोबाखिजेले राजिनामा दिएका छन् ।
ठूलो संख्यामा सर्वसाधारण तथा सुरक्षाकर्मी घाइते भएपछि खोबाखिजेले राजीनामा दिएका हुन् । उनी जर्जियाको सत्ताधारी दल जर्जिया ड्रिम पार्टी (खाखा खालाजे) का महासचिवसमेत हुन् । राजीनामा जर्जियाली ड्रिम पार्टीको जनताप्रतिको उच्च सम्मानका लागि भएको खोबाखिजेको भनाइ छ ।
संसद भवन नेर भएको प्रदर्शनमा ४० प्रहरीसहित २ सय ४० जना घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्री जाजा बोखुवाले बताए । प्रदर्शनमा सांसदको समेत उपस्थिति रहेको बताइएको छ ।
प्रकाशित समय ०८:१७ बजे

















