गृहपृष्ठ बसको ठक्करले मोटरसाइकल जल्यो, दुई जनाको घटनास्थलमै मृत्यु

बसको ठक्करले मोटरसाइकल जल्यो, दुई जनाको घटनास्थलमै मृत्यु

durghatna2-newskarobar

बसको ठक्करबाट रुपन्देहीको सैनामैनामा गए राति दुई जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–६, कलोनीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना. ७ ख ५९४८ नम्बरको बसले लु. ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करपछि मोटरसाइकलमा आगो लागेको र जलेर दुई जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । घटनाबारे अनुसन्धान गर्न सालझण्डी प्रहरीले बस र यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय ०८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु