गृहपृष्ठ तीव्र गतिमा सवारी चलाउने ९ सय ४० जना चालक कारबाहीमा

तीव्र गतिमा सवारी चलाउने ९ सय ४० जना चालक कारबाहीमा

फाइल तस्बिर

ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९ सय ४० सवारी चालकलाई कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारबाही गरेको हो । महाशाखाले यही जेठ २८ देखि यस्तो नियम लागू गरेर कारवाही गर्दै आएको छ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीब्र गतिका कारण दुर्घटना बढेको भन्दै दुर्घटना नियन्त्रणका लागि समय तोकिएको बताए ।

‘कलंकीदेखि कोटेश्वरसम्म र भक्तपुर सडकखण्डमा ५० भन्दा बढी स्पिड चलाउने सवारी साधनलाई कारवाही गर्दै आएका छौँ’, पन्तले भने । चालू आर्थिक वर्षमा मात्र उपत्यकामा २ सय ३० व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । जसमा अधिकांश मोटरसाइकल चालक रहेको महाशाखाले जनाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख तथा काठमाडौँ उपत्यकामा नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।(रासस)

प्रकाशित समय ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु