गृहपृष्ठ वान प्लस ७ प्रो नेपाली बजारमा
वान प्लस ७ प्रो नेपाली बजारमा
वान प्लसले नवीनतम संस्करण वान प्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । वान प्लस ७ प्रोमा क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्ने ट्रिपल क्यामेरा, अपग्रेडेड स्क्रिन अनलक टेक्नोलोजी, एकनासको डिस्प्लेलगायतका विशेषता छन् ।
वान प्लसले ग्राहकलाई अतिरिक्त सुविधा तथा लाभ पु–याउने उद्देश्यले कुनै पनि वान प्लस ७ प्रोको खरिदमा एक वर्षसम्मको वारेन्टी प्रदान गर्ने भएको छ । साथै, वान प्लसमा स्क्रिन टुटेफुटेको अवस्थामा एक वर्षसम्मको बिमा सुविधाको व्यवस्था छ ।
प्रकाशित समय ०८:५३ बजे

















