गृहपृष्ठ राजधानीमा छैन बन्दको प्रभाव
राजधानीमा छैन बन्दको प्रभाव
राजधानी काठमाडौंमा नेत्रविक्रम चन्द विप्लव समूहको बन्दको कुनै प्रभाव छैन । बिहानैदेखि सार्वजनिक तथा निजी यातायातका साधन निर्वाध चलेका छन् भने पसल, होटल तथा कार्यालय खुला छन् ।
ठूलो संख्यामा चोक–चोकमा प्रहरी परिचालन गरिएको छ भने सडकमा बन्दकर्ताको उपस्थितिसमेत छैन । विप्लवले सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेलको हत्याको विरोधमा आज नेपाल बन्द आह्वान गरेको हो ।
काठमाडौंबाहिरका जिल्लामा भने यातायातका साधन चलेका छैनन् । चितवन, झापा, बझाङ, कैलालीलगायतका जिल्लामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । बिहान पोखरा महानगरपालिका–१४ चाउथेमा फेला परेको शङ्कास्पद वस्तुलाई डिस्पोज गरिएको प्रहरीले जनाएको छ । (तस्बिरहरू बिहान ८ बजे लिइएका हुन् ।)
यसैबीच, विप्लव समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । विप्लवका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रकाशित समय ०८:४५ बजे



















