गृहपृष्ठ पैदलमार्ग बनाउन कोदालो, चाँदे र हँसिया चलाउँदै बडिखलेवासी

पैदलमार्ग बनाउन कोदालो, चाँदे र हँसिया चलाउँदै बडिखलेवासी

सांकेतिक तस्बिर

गोदावरी नगरपालिका–४ का बडिखलेवासी डाँडाबाट पैदमार्ग निर्माण गर्ने योजनाका साथ हातमा कोदालो, चाँदे र हँसिया लिएर अघि बढेका छन् । सरकारले फागुन १ गतेदेखि देशव्यापी रुपमा लागू गर]को प्रधानमन्त्री रोजगार कार्यक्रममा भाग लिएका यी बेरोजगार बडिखेलवासीले पाँच किलोमिटर सडक खन्ने रोजगारी पाएका हुन् ।

गोदावरीको पर्यटक प्रवर्धनका लागि बडिखेलको कुमारीमार्ग हुँदै तपेश्वर मन्दिरको डाँडो र सो डाँडो हुँदै नगरपालिकाले अघि बढाएको पैदलमार्ग निर्माणको स्थानसम्म उनीहरुले काम गरिरहेको नगरपालिका–४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले जानकारी दिए ।

‘वडाको रोजगार सूचना केन्द्रमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन दिएको २०० जनामध्ये ६० जनाले रोजगार पाएको छ,’ उनले भने, ‘बिहान १० देखि साँझ ५ बजेसम्म काम गर्ने मिस्त्रीलाई दैनिक ९५३ र अन्यलाई ७०० रूपैयाँका दरले दुई चरणको ज्याला दिएका छौँ ।’ सो कार्यक्रममा १५ पुरुष र ४५ जना महिलाले भाग लिइरहेका वडाध्यक्ष पहरीले बताए ।

‘यो कार्यक्रमका लागि सरकारले पाँच लाख रूपैयाँ बजेट पठाएको छ,’ वडाध्यक्ष पहरीले भने, ‘काम गर्दा कामदारले लगाउने लुगा र औजार खरिदमा करिब  एक लाख रूपैयाँ खर्च भएको छ । बाँकी चार लाख रूपैयाँ पैदलमार्ग निर्माणमा खर्च गरिनेछ ।’ (रासस)

प्रकाशित समय १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु