गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
चितवनको भरतपुर महानगरपालिका–१८, भेटघाट चोकमा एकआपसमा मोटरसाइकल ठोक्किँदा २ जनाको ज्यान गएको छ ।
बुधबार साँझ ना५३प ५२४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् । घटनामा दुबै मोटरसाइकलका चालकको ज्यान गएको हो । दुर्घनामा गम्भीर घाइते भएका भरतपुर महानगर– १८ का १७ वर्षीय राजन भट्ट र सोही स्थानकै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित समय १०:२० बजे

















