गृहपृष्ठ डोल्पामा टेलिफोन सेवा अवरुद्ध

डोल्पामा टेलिफोन सेवा अवरुद्ध

डोल्पामा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

एक महिनाको बीचमा तेस्रो पटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । मौरेलेकको टेलिफोन टावरमा समस्या आएकाले सेवा अवरुद्ध भएको हुनसक्ने अनुमान गरिएको छ । सदरुमकाम दुनैबाट समस्या आएको टावर धेरै टाढा भएका कारण मर्मतमा समस्या देखिएको नेपाल टेलिकम डोल्पाले जनाएको छ ।

फोन अवरुद्ध भएसँगै डोल्पाका सबै स्थानको सञ्चार सम्पर्क विच्छेद भएको छ ।

प्रकाशित समय १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु