गृहपृष्ठ लेदोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
लेदोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
सडकमाथिबाट खसेको लेदोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
लेदो पन्छाएपछि बिहीबार बिहान २ः३० बजेदेखि अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनीबजारदेखि महेशदोभान बजारसम्मको एक किलोमिटर सडक लेदोले ढाकिएको थियो । लेदो हटाउन गाउँपालिका र बालुवाखानीका व्यवसायी जुटेका छन् ।
सडक एकतर्फी खुलेसँगै बिहानैदेखि लाइनमा बसेका सवारी साधनलाई पालैपालो पठाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित समय १०:४३ बजे

















