गृहपृष्ठ पोखरा महानगरपालिकामा वडाध्यक्षले गरे तालाबन्दी
पोखरा महानगरपालिकामा वडाध्यक्षले गरे तालाबन्दी
पोखरा महानगरपालिकामा बजेटको विषयलाई लिएर वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् । बुधबार कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले असहमति जनाउँदै विरोध जनाए पनि बहुमतले बजेट पारित गरिएको थियो ।
कांग्रेसको अवरोध भएपछि पोखराका मेयर मानबहादुर जिसीले योजना माग्न त मैकहाँ आउनुपर्ला नि भन्ने जवाफ फर्काएर वडाध्यक्षहरूलाई चिढ्याएका थिए । मेयरले उक्त शब्द फिर्ता लिनुपर्ने तथा बजेट सच्चाइनुपर्ने मागसहित वडाध्यक्षहरुले महानगरको मूलगेटमा तालाबन्दी गरेका छन् ।
प्रकाशित समय १३:१९ बजे

















