गृहपृष्ठ ‘लिगल एड्भाइजर अफ द इयर’ अवार्ड गणेश बिष्टलाई

‘लिगल एड्भाइजर अफ द इयर’ अवार्ड गणेश बिष्टलाई

ganesh-bista-newskarobar

भारत निर्माण फाउन्डेसनले प्रदान गर्ने लिगल एड्भाइजर अफ द इयर अवार्डबाट बैतडीका गणेश बिष्ट सम्मानित भएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा बिष्टलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

फाउन्डेसनले हरेक दुई वर्षमा प्रदान गर्ने विभिन्न विधाका अवार्डबाट बिष्टसँगै नेपाल तथा भारतमा विभिन्न क्षेत्रमा कार्यरत १५ जना सम्मानित भएका छन् । बैतडीको पाटन नगरपालिका-८, आरुबाटा घर भएका बिष्ट काठमाडौंस्थित लिगल कन्सलटेन्सीका सञ्चालक हुन् । कानुन व्यवसायी बिष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको केन्द्रीय कार्यसम्पादन समिति सदस्य पनि हुन् ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु