गृहपृष्ठ ठगी मुद्दामा फरार महिला पक्राउ

ठगी मुद्दामा फरार महिला पक्राउ

pakrau-arrest-newskarobar

ठगी मुद्दामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पाल्ला खानीगाउँकी ५८ वर्षीया टिकाकुमारी थापालाई केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो । थापालाई २०७५ असार २६ गते सर्वोच्च अदालतले ठगी मुद्दामा एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

थापाले साइप्रस पठाइदिने भन्दै नमिता देवलाई ठगेको उजुरी परेको थियो । उनीसँग वैदेशिक रोजदार व्यवसायको इजाजत पनि थिएन ।

प्रकाशित समय ०७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु