गृहपृष्ठ राष्ट्रिय सभामा तीन विधेयक टेबुल

राष्ट्रिय सभामा तीन विधेयक टेबुल

राष्ट्रिय सभाको मंगलबारको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकलाई टेबुल गरे । ती विधेयकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक २०७६ रहेका छन् ।

बैठक सुरु हुनेबित्तिकै अध्यक्ष गणेश तिमल्सिनासँग समय लिई नेपाली कांग्रेसका सांसद तारादेवी भट्टले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा कांग्रेसका कार्यकर्तामाथि हालै भएको सांघातिक आक्रमण गर्नेको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । (रासस)

प्रकाशित समय ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु