गृहपृष्ठ चट्याङ लागेर दाङमा एकको मृत्यु
चट्याङ लागेर दाङमा एकको मृत्यु
सांकेतिक तस्बिर
चट्याङ लागेर दाङमा एक जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ ६ बजेतिर परेको चट्याङले तुलसीपुर उपमहानगरपालिका– १५ पहेँलपुरका १८ वर्षीय सुमन चौधरीको मृत्यु भएको हो । घर बाहिर निस्किएका बेला चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
केही दिन अघि मात्र दाङमा चट्याङ्ले लालमटियाका तीन बालकको मृत्यु भएको थियो ।
प्रकाशित समय ०७:३५ बजे

















